Loading...
 

प्रभावकारी मूल्यांकन

 

प्रभावकारी मुल्याङ्कन

अलेक्जेण्डर हेरिस्ताेभ

 

तपाईहरुले देख्नु भएको छ, धेरै जसो भुमिका अरुको मुल्यांकन गर्ने सँग सम्बन्धित छन् । मुल्यांकन गर्नुू भनेको  रचनात्मक प्रतिक्रिया प्रदान गर्नु हो भन्ने कुरा याद गर्न जरुरी छ, जसले गर्दा मुल्यांकन भइरहेको व्यक्तिले आफुलाइ विशेष तबरले सुधार गर्न सक्छन । मुल्यांकन गर्नु भनेको  कुनै पनि हालतमा आलोचना गर्नु वा तुलना गर्नु भने होइन । 

एगोरामा भाषण मूल्याकंनकर्ताकाे भुमिका एक महत्वपूर्ण भुमिका हो । तपाईले आफ्नो साथी सदस्यलाई आवश्यक अन्तरदृष्टि प्रदान गर्दै हुनुहुन्छ जसले उसलाइ शिक्षाको मार्गमा अधि बढन् मद्दत गदर्छ ।

 

जाे काेही भाषण मूल्याकंनकर्ता बन्न याेग्य हुन्छन् 



Bosco Montero, evaluating a speech at an Agora Speakers Madrid meeting
म्याड्रिडमा भएकाे एगाेरा बैठकमा वाेस्काे माेन्टेराेले गर्नुभएकाे मूल्यांकन ।

 

 

 

एउटा प्रश्न जुन सामान्यतया भाषणा मुल्यांकनकर्ता ले सोध्ने गर्छन् त्यो हो के म भाषणा मुल्यांकनकर्ता हुन  पर्याप्त अनुभवि छु  वा, मैले केहि मात्र परियोजनाहरु गरेको छु ,के म उन्नत परियोजनाको भाषणा मुल्यांकनकर्ता हुन योग्य छु ।

सामान्यतया हो भने यदि तपाइले पर्याप्त भाषणाहरु गर्नु भएको छैन भने, अरुको भाषणाको मुल्यांकन गर्ने ज्ञान वा अनुभवको तपाईमा कमि रहेको हुन्छ । 

तर, जे भने पनि याे भ्रम हाे। एउटा उदाहरण  लिनुहाेस् । तपाँइ पछिल्लो पटक चलचित्र हेर्न गएकाे सम्झनुहाेस् । तपाँइलाई उक्त चलचित्रकाे बारेमा वा त्यसमा गरिएका अभिनयका बारेमा केही धारणा बनाउनुभएकाे थियाे ? तपाँइले पक्कै पनि आफ्न्नाे साथीसँग" आहा याे एकदमै राम्राे चलचित्र थियाे र मलाई कथाकाे फलानाे  विषयवस्तु मनपर्याे वा छ्या याे त बेकारकाे चलचित्र थियाे मलाई यसकाे याे  अभिनय  मन परेन भन्नुहुन्छ । अनि याे सबै तपाँइ आफैं एक व्यवसायिक चलचित्र निर्माता वा पटकथा लेखक वा कलाकार नै नभए पनि भन्नुहुन्छ ।

यि  विषय र धारणाहरू हाम्रा जीवनका अन्य क्षेत्रहरूमा पनि लागू हुन्छ । जस्तै हामी रेष्टुरान्ट जान्छाै र त्यहाँ गएपछि खानाहरूकाे बारेमा आफ्नाे धारणा बनाँउछाै । जहाँकि हामीसँग किचन अस्त व्यस्त नबनाइई एउटा अण्डा फ्राइ गर्ने कला पनि हुँदैन । हामी नाटक हेर्न नाट्य घर जान्छाै र हामीलाई कथा र अभिनयका बारेमा केही जानकारी नभएता पनि वा हामीले नाट्यशाला नगएका भएता पनि त्यहाँ देखाइएका नाटक र अभिनयका बारेमा धारणा बनाँउछाै । हामी फुटवल म्याच हेर्न जान्छाै र हामीले कुनै पनि खेल नखेलेता पनि उक्त घरका बारेमा आफ्नाे धारणा बनाँउछाैं ।

यी सबैकाे कारण भनेकाे हामीले आफ्नाे व्यक्तिगत धारणाले मुल्यांकन गरिरहेका हुन्छाै ।

भाषण मुल्यांकनकाे मुख्य उदेश्य भनेकाे वक्तालाई कुनै शैक्षिक वा व्यवसायिक तरिकाले मूल्यांकन गर्नु पक्कै पनि हाेइन ।

भाषण मूल्यांकनकाे मुख्य उदेश्य भनेकाे वक्तालाई आफू श्राेता सदस्य बनेर भाषणकाे बारेमा आफ्नाे धारणा व्यक्त गर्नु रहेकाे हुन्छ ।

श्राेता सदस्यकाे रूपमा तपाँइले के देख्नु भयाे, के सुन्नु भयाे, भाषण सुनिसके पश्चात भाषणले तपाँईलाई कस्ताे महसुस गरायाे यसकाे बारेमा तपाँइलाई राम्राे जानकारी रहेकाे हुन्छ । अनि तपाँईलाई उक्त भाषणा  जिन्दगीभर सम्भव भएसम्म याद दिलाइरहन्छ ।

अनि सम्झनुहाेस्, मूल्यांकनकर्ताकाे रूपमा तपाँइले आफ्ना धारणाहरू मात्र व्यक्त गरिरहनु भएकाे हुनुहुन्छ ।

 

मूल्यांकनकर्तकाे रूपमा तपाँइका लक्ष्यहरू

भाषण मूल्यांकनकर्ताकाे रूपमा तपाँइका तीनवटा प्राथमिक लक्ष्यहरू हुन्छन् ।

  • वक्तालाई प्रेरणा प्रदान गर्ने : सबै वक्तहरू मानवहरू हुन र उनिहरू समान चिन्ता र अरूले मलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्नेमा मात्र हुन्छ । यदि वक्ता एकदम प्रखर छन् र आत्मविश्वासी देखिएका छन् भने पनि उनकाे मनमा मैले राम्राे गरिन कि ? वा याे ठिक थिएन कि ? मान्छेले मलाके साेचिरहेका हाेलान् ? मैले याे गल्ति गरे कि भन्ने यिनिहरूलाई थाहा भयाे कि भएन हाेला ? भन्ने एक प्रकारकाे संकाेच र डर भइरहेकाे हुन्छ । यसमा एउटा सानाे भिन्नता मात्र के हाे भन्दा अनुभवि र परिस्कृत वक्ता र नयाँ वक्ताले यसलाई कसरी सहजिकरण गर्ने वा मिलाउने भन्ने मात्र हुन्छ । त्यसैले सबै वक्ताले आफूलाई मानिसले चिनेकाे वा प्रेरणा दिएकाे वा आफ्ना राम्रा बुदाँहरूकाे बारेमा भनेकाे मन पराउँछन् ।
  • वक्ता र श्राेतालाई शिक्षित बनाउने  मूल्यांकनकर्ताकाे रूपमा, तपाँइले सुधार गर्न सकिने बुदाँहरू के हुन भनेर भन्ने मात्र हाेइन कि तिनीहरूकाे महत्वकाे बारेमा पनि बताउनुपर्ने हुन्छ । तपाँइले आफ्नाे आवाजमा विविधता आवश्यक छ भन्ने मात्रै भन्दा आवाजमा विविधता किन आवश्यक छ र एउटा निश्चित परियाेजनामा यसकाे महत्व के छ भन्ने कुरालाई बताउनु आवश्यक छ । याे विवरण वक्ताकाे लागि पनि आवश्यक छ र श्राेताहरूलाई शिक्षित बनाउनु पनि आवश्यक छ । याे एउटा अरूले गरेकाे देखेर सिक्ने कला पनि हाे । 
  • वक्तालाई सुधार हुन सहयाेग गर्ने सबै वक्ताहरू आफूलाई सुधार गर्न चहानुहुन्छ, र एकदै प्रखर वक्ता पनि आफूलाई सुर्धान खाेजिरहेकाे हुन्छन् । यदि त्यस्ताे हुँदैन थियाे भने वक्ताहरु कुनै सम्मेलनमा सहभागी हुन्थे । वक्तालाई सुधार गर्नका लागी लागूगर्न सकिने खालका सुझाव दिन सक्नुहुन्छ । ति सबै सुझावहरू तपाँइका विचारमा भाषणलाई अझ प्रभावकारी वा भिन्न बनाउन के गर्न सकिन्थ्याे भन्ने मात्र हुन्छ ।

 

अब म तपाँइहरूलाई प्रभावकारी मूल्यांकनकर्ता बन्रे सम्झनुपर्ने केही बुदाँहरूका बारेमा सुझाव दिन चहान्छु ।

 

बैठक अगाडी मूल्यांकनकर्ताको रुपमा के गर्ने ?
मूल्यांकनकर्ताको रुपमा प्रभावकारी हुन तपाँइले भाषण दिने व्यक्ति र परियोजना बारे जान्नु आवश्यक छ । यदि तपाँइले बैठकमा मूल्यांकनकर्ताको भूमिका स्वेच्छिक रुपमा लिनु भएको हो भने पनि, बैठक अगाडिनै तलका चरणहरु पूरा गर्न प्रयास गर्नका लागि समय दिनुपर्ने हुन्छ ।

 

१. परियोजना बारे अध्ययन गर्ने
वक्ताले प्रस्तुत गर्न लागेको परियोजना विवरण पूर्ण रुपमा अध्ययन गर्नुहोस् । सिक्नुपर्ने लक्ष्यहरु र मूख्य उदेश्यहरुमा विशेष ध्यान दिनुहोस् । उक्त परियोजनाबाट वक्ताले सिक्नुपर्ने मुख्य विषयहरु यिनी हुन भन्न सकिन्छ ।

 

२. प्रसंग निर्धारण गर्नुहोस
सबै मूख्यांंकनहरु विशेष प्रसंग अनुरुप गरिएको हुनुपर्दछ । उक्त प्रसंगले निम्न कुराहरु समावेश गर्दछ ।

  • परियोजनका उदेश्यहरु
  • वक्ताले अनुशरण गरेका शैक्षिक मार्गको समग्र लक्ष्य
  • वक्ताको स्तर
  • वक्ताको विशेष रुचिको विषय
  • कार्यक्रम स्थल
  • समय
  • पूवर्वति र पछिका कार्यक्रमहरु

कसरी प्रसंगले राम्रो मूल्यांकनलाई प्रभाव पार्दछ भन्ने कुराको उदाहरणको लागि वक्ताको स्तरलाई विचार गर्नुहोस् । कसैले जब सार्वजानिक भाषण दिनका लागि सुरुवात गर्दछ भाषणका मुलभुत तत्वका रुपमा दिने प्रतिक्रियामा श्रोताका आँखासँगको सम्पर्कका बारेमा व्यापक रुपमा व्याख्या गर्न सकिन्छ । जस्तै तपाँइले आफ्नो भाषणका क्रममा तपाँईले वाँया तर्फका श्रोताहरुलाई धेरै हेर्नु भएन । धेरै कारणहरुले गर्दा सबै सदस्यहरुसँग आँखाको सम्पर्क बनाइराख्न जरुरी हुन्छ । यसले तपाँइले हेरिहनुभएको श्रोताको ध्यान तपाईतिर केन्द्रित गर्न र तपाँइ आफैमा पनि आत्मविश्वासको भावना सञ्चार गर्न र उक्त व्यक्ति सँग मैत्रि वातावरण सृजना गर्न सहयोग गर्दछ ।   

यदि वक्ता अनुभवि छन् जसले वीसवटा भन्दा वढि परियोजना सम्पन्न गरिसकेको छन् भने माथिका विषयहरु समयको वर्वादी मात्र हुन्छ जुन अरु महत्वपूर्ण कुरामा उपयोग गर्न सकिन्थ्यो । तर यस्तो भन्दैमा यि कुराहरु उल्लेख गर्नै नपर्ने कुराहरु भने होइनन् । यसको ठिक विपरित सबै वक्ताहरु प्रखर वक्ताहरुले पनि कहिलेकाँही साना गल्तिहरु गर्न सक्छन् । त्यसैले यस्तो भन्नका लागि निश्चित हुनुहोस् । आवश्यक परेकाे अवस्थामा  " तपाँइले आफ्नो भाषणकाे क्रममा श्राेताकाे वाँया तर्फ हेर्नुभएन "  भन्न सक्नुहुन्छ तर वक्तालाई याे  विषयकाे जानकारी भएकाे हुदाँ दाहाेराइरहन आवश्यक हुँदैन ।.

अनुभवी वक्ताहरुले प्राय सुधारका लागि धेरै सुझावहरूकाे अपेक्षा गरेका हुन्छन् भने नयाँ वक्ताहरूलाई एकपटकमा सुधारका लागि केही वुदाँहरू सहित प्राेत्साहन आवश्यक रहेकाे हुन्छ ।

 

भाषण  दिने स्थानकाे पनि महत्वपूर्ण भूमिका रहेकाे हुन्छ । राम्रा वक्ताहरूले नराम्रा ठाँउलाई आँफू अनुकुल बनाउनुपर्ने हुन्छ ।

  • श्राेतासँगकाे हाउभाउ - कहिलेकाही श्रोताहरु एकै ठाँउमा मन लगाउन सक्दैनन् जसले गर्दा यस्ता स्थलहरु भयाबह हुन्छ र विभिन्न रुपमा तितर वितर हुन सक्छन ।असल वक्ताहरुले श्रोताहरुलाई सम्बोधन गर्दा एक पछि अर्को गर्दै श्रोताहरु बसेको ठाँउसम्म नजर मिलाउनु जानुपर्दछ ।
  • ध्वनी तरंग - कुनै कार्यक्रम स्थलहरुमा ध्वनि तरंग बढि छ भने त्यस्ता स्थानहरुमा असल वक्ताले अझ ठुलो आवाजमा प्रभावकारी तरिकाले बोल्नु पर्दछ ।
  • प्रकाश - कहिलेकाही बत्तिहरु मधुरो हुन्छ र वक्ताले श्रोताहरु ननिदाउन भनेर आवाजमा विशेष जोड दिनुपर्छ ।कहिलेकाही बत्ति धेरै उज्यालो हुन्छ यस्तो समयमा  वक्ताहरुले दृश्य अवलोकन र प्रक्षपणका उपकरणहरु प्रगोय गर्छन भने यसले श्रोतामा समस्या निमत्याउन सक्छ । 
  • तापक्रम - यदि कार्यक्रम स्थलहरु उपयुत्त तापक्रम आर्द्राता वायुविजन नभएको खण्डमा मानिसहरुले ब‍ढी असहज महसुस गर्नेछन् यस्तो बेला वक्ताले श्रोताको ध्यानाकर्षण गर्नको लागी अझ बढी मेहेनत गर्नुपर्छ । एउटा राम्रो असल वक्ताले समय समयमा उपयुत्त किसिमको मनोरन्जन दिने खालका हास्यव्यग्य  पनि समाबेश गर्न पर्दछ जसले गर्दा तुरुन्तै श्रोताहरुमा बिना झनझट सहजता माथि सम्बन्ध जोडि रहन्छ ।  

क्लबको परिपेक्षमा बैठकहरु साधारणतय एकै समयमा हुने भएपनि ,दिन र रात पनि भाषणका महत्वपूर्ण पक्ष हुन । तर, क्लब बाहिरका कार्यक्रमहरु,सोमबार बिहान दिइएको भाषण हप्ता सकिनै लाग्दा शुक्रबार बिहान दिएको जस्तो हुदैन् । मानिसहरु मञ्बाट उठेर घर फर्कन आतुर हुन्छन । ८ बजे बिहान दिने भाषण खाना खाने समय पूर्व दिने जस्तो हुदैन् ।

 

३.वक्तासँग सम्पर्क गर्नुहोस

मुल्यां‌‌‍‍‍‌कनकर्ताको रुपमा तपाइको काम बैठक अगाडि नै सुरु हुन्छ । धरै वक्ताहरुको प्रत्यक परियोजनामा आफ्नै अतिरिक्त लक्ष्यहरु हुन्छन् । धेरै वक्ताहरु आफुले विगतका परियोजनाबाट सिकेका कुराहरु अभ्यासमा राखेका छन् कि छैनन भनेर पक्का गर्न चाहान्छन् । यदि कसैले  उनिहरु यो कुरामा कति सफल थिए (वा थिएनन्) भनेर ‌औल्याउछ भने यो अत्यन्तै सहयोगी हुन्छ । सम्भवत: वक्ताको भाषण दिने क्रममा श्रोताहरु भएको बाँया तर्फ हेर्ने बानि छ? हुनसक्छ वक्ता निश्चित गर्न चाहान्छन कि उनको अभिप्राय स्पष्ट छ? यदि उनकाे कुरा कोठाको पछाडि अन्तिम तिर सुनिएको छ कि छैन् । 

यी कारणहरुको लागी बैठकको अघि नै वक्तालाइ सम्पर्क गर्नुहोस र यदि तपाइ परियोज‍नाका  लक्ष्यहरु बाहेक केहि अरु विशेष कुरामा पनि ध्यान दिन चाहानुहुन्छ भने त्यो पनि सोध्नुहोस ।

४. तपाइको मूल्यांकनको पूर्व- लेख् लेख्नुहोस

तपाइले भाषण सुनिसक्नु भएको छैन भने पनि बैठक अगाबै आफ्नो मूल्यांकन रणनीति बारे निर्णय गरी सामान्य स‌ंरचना पहिल्यै लेख्न सक्नुहुन्छ । उदाहरणका लागी, तपाइ त्यो विशेष वक्ताको भाषणको सुरुवात बारे सकारात्मक टिप्पणीका साथ कसरी  सुरुवात गर्नुहुन्छ भन्ने बारे निर्णय गर्न सक्नु हुन्छ । अथवा तपाइ त्यो विशेष परियोजनाका साथ तपाइको व्यक्तिगत अनुभव के छ भन्ने कुराबाट सुरु गर्न सक्नुहुन्छ ।  एकजना साथि "तपाइको भाषणाले मलाइ यो कुरा याद दिलायो......." भनेर सबै जसो उनको मूल्यांकन सरुवात गर्नुहुन्थ्यो र छोटो व्यक्तिगत कहानीको साथ अघि बढ्नुहुन्थ्याे।

तपाइले कुनै विशेष परियोजनाको लागी लागु हुने कुनै उदाहरणहरु पनि चयन गर्न  सक्नुहुन्छ । उदाहरणको लागी "भाषण विकास" को परियोजना जहाँ मुख्य कुरा भनेको भाषण लेख्दा प्रभावकारी भाषाको समावेश गर्नुहुन्छ , त्यसमा म तलको दिइएको उदाहरण प्रयोग गर्न चाहान्छु जुन एन्टोइन डे सेन्ट-एक्सप्युरीले भन्नु भएको थियाे ।

"यदि तपाइ जहाज निर्माण गर्न चाहान्छु भने,काठ संकलन गर्नको  लागी मानिसहरु जम्मा नपार्नुहोस ,बरु मानिसहरुलाइ समुन्द्रको अथाह विशालताको बारे जानकारी गराउनुहोस ।"

यस उदाहरणले भाषाको प्रयोगको आवश्यकताको वर्णन गर्न सहयोग पुर्यार्याउँछ जसले श्रोताहरुमाझ  शक्तिशालि छवि र भावनाहरु प्रसारण गर्दछ ।

मूल्यांकन पनि आफैमा एक भाषण हो र यसमा राम्रो बोलीको सबै विशेषता;संरचना,सन्देश,स्पष्टता आदी हुनु पर्दछ भन्ने कुरा याद गर्नुहोस ।

तपाईले विशेष जोड दिन चहानु भएको कुराहरुलाई पनि पूर्व लेख गर्न सक्नुहुन्छ र वक्ताले आफ्नो भाषण कसरी प्रस्तुत गर्नु भयो भन्ने आधारमा केही शब्दहरु पूर्वलेख गर्नुहुन्छ जुन तपाईले पछि क्वल रेखांकन वा क्रस (केही व्यक्तिले " जोड" र " घटाउ" संकेत लेख्न रुचाउनु हुन्छ )  गर्नुहुन्छ । तपाईले भाषणको क्रममा आफ्नो विचारहरु प्रस्तुत गर्न समय बचाउनका लागी गर्नु भएको कुनै पनि कुरा स्वागतयोग्य छ किनभने यसले तपाईलाई भाषणमा ध्यानकेन्द्रित गर्न सघाउ पुर्याउछ ।

बैठकको समयमा मूल्यांकनकर्ताको रुपमा के गर्ने  

कता बस्ने ।

तपाई तटस्थ र विशेषाधिकार नभएको स्थानमा बस्नुहोस। वक्तालाई स्पष्टसँग 'देख्न र सुन्न'को लागी अगाडिको दिर्घामा बस्ने प्रलोभनमा नपर्नुहोस किनभने दर्शकले सामान्यत त्यो हिसाबले बुझ्दैनन । यो सम्झनुहोस कि मुल्यांकनकर्ताको रुपमा तपाई अन्य व्यक्तिको भन्दा महत्वपुर्ण राय भएको आधिकारीक न्यायधिशको रुपमा नभई दर्शकदिर्घाको सामान्य सदस्यको रुपमा हुनुहुन्छ जसलाई मुल्यांकन भाषणमा आफ्नो राय सार्वजनिक रुपमा व्यक्त गर्ने अवसर मिलेको छ ।

ध्यान दिएर सुन्नुहोस

भाषणलाई मुल्यांकन गर्नको लागी तपाईले भाषणलाई सुन्नैपर्ने हुन्छ, त्यो पनि एकदमै ध्यान दिएर । आशा छ कि यो समयसम्म तपाईले आफुले प्राथमकितामा राखेका कुराहरु पुर्ववत रुपमा लेखिसक्नुभएको छ, त्यसैले सो कुराहरु लेख्नको लागी समय व्यतित गरिरहनुपर्दैन । भोक, तिर्खा, मोबाइल, दर्शकदिर्घामा रहेका छिमेकी अथवा तपाईलाई आकर्षक लागेका सदस्यलाई बिर्सिनुहोस्, अन्य सबै कुराहरुलाई बिर्सिनुहोस । 

टिपोट लिनुहोस्

तपाईले आफ्नो स्मरण शक्तिलाई जतिनै उत्कृष्ट मानेपनि यथार्थमा त्यो नहुने हुनाले  सबै भाषण सम्झिन सक्छु भन्ने भ्रम पाल्नु हुदैन त्यसलाई निम्न कुराहरु उल्लेख गर्दै  टिपोट गर्नु एकदम आवश्यक छ ।

  • कुनै प्रसिद् भनाइ वा वाक्य जुन राम्रो वा  तपाइलाई यादगार हुन्छ ।
  • कुनै शारीरिक हाउभाउ जसले  भन्न खोजेको कुरालाई आवश्यक रुपमा पुस्टि गर्दछ ।
  • कुनै दृश्यभासको माध्यम वा सामग्री जुन त्यति प्रयोगमा नआएको तर भाव दिनमा उत्कृष्ट हुन्छन ।
  • कुनै दृश्यभासको माध्यम वा सामग्री जुन त्यति प्रयोगमा नआएको तर भाव दिनमा उत्कृष्ट हुन्छन ।
  • सामान्य रुपमा जे जति तत्व हरु जसले त्यो प्रस्तुतिलाई उत्कृष्ट वा खत्तम) बनाउछ । 
  • तपाइले टिपोट लिदा पुन पढ्न सजिलो हुने गरि लिनुपर्दछ किनभने केहि मुल्यांकनकर्ता हरुले आफ्नै अक्षर बुझ्न नसकेर कतिपय अवस्थामा अफ्ठ्यारोमा पर्नुपरेको उदाहरणहरुपनि छ ।

एउटा राम्रो सुझाब चाई लेख्दा ठुल्ठुला अक्षरमा लेख्नु पनि हो.यसले सजिलो गरि पढ्न मद्त त गर्छ नै साथसाथै तपाइले हातमा टिपोट लिएर बस्नु पर्दैन.अघिल्लो दर्शक दीर्घामा टिपोट कुर्सीमा राखेर मंचबाट नै तपाइले टिपोट हेर्दै आफ्नो कुराहरु उल्लेख गर्न सक्नुहुन्छ ।

टिपोट लिनेबेलामा आफुले लेखेका प्रत्येक मुद्दा हरुमा निर्णय पनि संगसंगै लिनुपर्ने हुन्छ।मुल्यांकन भाषण मा सबै कुराहरु ब्यक्त गर्ने समय अभाब हुने हुदा संकेत अंकमा (+,++,+++=उत्कृष्ट) (-=सुधार गर्न आवश्यक ) कुराहरु उल्लेख गर्न सकिन्छ र त्यसपछि समग्रमा भन्नुपर्ने कुराहरु लेखर मुल्यांकन भाषणलाइ ब्यबस्थित बनाउन सकिन्छ ।

तपाईलाई चासो छ भन्ने कुरा देखाउनुहोस

यो गर्न नहुने भएतापनी वक्ताहरुले सामान्यतया बाँकी दर्शकलाई भन्दा मुल्यांकनकर्तालाई बढी ध्यान दिन्छन, त्यो हदसम्म जुन सामान्य नै देखिन्छ र धेरै पनि छैन । तर यसले तपाईमाथी बढी जिम्मेवारी भने पर्छ । तपाईले  आखा जुधाएर, ससाना इशाराहरु जस्तै टाउको हल्लाएर र समर्थन आवश्यक परेको समयमा समर्थन देखाएर (जस्तै वक्ताले चुटकिला वा रमाइलो किस्सा प्रस्तुत गर्दा ) आफुले भाषनको चासो लिएको छु भनेर देखाउनुपर्छ

मूल्यांकन के होइन

भाषण सुन्दा मूल्यांकन के हो भन्ने मात्र नभएर मूल्यांकन के होइन भन्नेतर्फ विचार पुर्याउनु पनि राम्रो हुन्छ:

  • सामान्यतया सामग्रीको छनोटको मूल्यांकन त्यो परियोजनाको उद्देश्य हासिल गर्नसंग कसरी सम्बन्धित छ भन्नेबाहेक अन्य अवस्थामा गरिदैन । उदाहरणको लागि, यदि परियोजना शरीरको हाउभाउसंग सम्बन्धित छ भने तपाइले विषयको छनोटले यसको लागि पर्याप्त अवसरहरु दियो कि दिएन भन्नेबारेमा टिप्पणी गर्न सक्नुहुन्छ । सो देखि बाहेक, वक्ताहरु आफुले कुरा गर्न चाहेको विषय छनोट गर्न स्वतन्त्र हुन्छन ।
  • सामान्यतया सामग्रीको कुनै विशेष परियोजनामा बाहेक मूल्यांकन गरिदैन । यदि तपाइँ सामग्रीसंग सहमत हुनुहुन्न भनेपनि त्यसमा टिप्पणी नगर्न अथवा वक्तासंग बहस नगर्न अथवा को सहि वा को गलत भन्नेबारेमा वादविवादमा संलगन नहुने कोशिस गर्नुहोस ।
  • व्यक्तिको कहिल्यै मूल्यांकन गरिदैन । तपाइले उसको कपडा, शैली अथवा गरगहनाको छनोटलाई लिएर टिप्पणी गर्नुहुदैन, भलै त्यसले भाषणलाइ विषेश प्रभाव किन नपारोस । उदाहरणको लागि यदी वक्ताले लगाएको ब्रेसलेटले उसले प्रत्यक पटक हात हल्लाउदा ध्यान भंग हुने आवाज निकाल्छ भने त्यो कुरा उठाउनु पर्छ । तर तपाइले आज एकदम सुन्दर कपडा लगाउनु भएको छवा आज कस्तो राम्रो सुट लगाउनुभएकोजस्ता टिप्पणीहरु भने एकदमै अशोभनिय हुन्छन ।

मुल्यांकनकर्ताको रुपमा के गर्ने - मूल्यांकनकाे दाैरानमा

सामान्यतया मुल्याकन भाषण प्रस्तुत गर्नको लागि स्यान्डविचतरिका सिफारिश गरिन्छ, जसमा एक तह सकारात्मक  प्रतिक्रिया र तपाईलाई मन पर्ने कुरा, अर्को तह सुधार गर्नुपर्ने कुराहरु र अन्तिमको निश्कर्षको तहमा तपाईलाई मन परेका कुराहरु मिलाइन्छ । यो संरचना दोहोर्याउदै जाने हो भने स्यान्डविच धेरै तलाको बन्न सक्छ।

Sandwich Approach Blank
सकारात्मक बुँदाहरू

सुधारका लागि बुँदाहरू

सकारात्मक बुँदाहरू

प्रत्येक तह कति "बाक्लो" हुनुपर्छ? यो वक्ताको स्तर र आत्मविश्वासमा धेरै हदसम्म भर पर्छ ।

  • सिकारु वक्ताको लागि ४०% सकारात्मक,२०% सुधार , ४०%सकारात्मक भनेको अत्यन्तै  उत्साहजनक हो । यसको मतलब मूल्यांकनमा तपाईले सुधारका लागी केही मुख्य बुदाहरु मात्र उल्लेख गरे हुन्छ ।
  • यद्दपी अझै पर्खर वक्ताहरुले २० % ,५०% , ३०% रोज्छन जसको अर्थ ५ देखि ६ अंक सुधारका लागी र २-३ एकदम सकारात्मक अंकको लागी भन्ने हुन्छ ।

सकारात्मक प्रतिक्रियाको प्रस्तुति

सामान्यतया सकारात्मक प्रतिक्रिया सबैभन्दा सजिलो भाग भएतापनि केहि जालमा फस्ने सम्भावना पनि प्रबल हुन्छ:

  • तारिफ- तारिफ अवश्य नै सकारात्मक हो र सबैलाई तारिफ सुन्न मन पर्छ, तर यो प्रतिक्रिया भने होइन । यी बीचमा फरक यो हो कि तारिफ विशिष्टिकृत हुदैन, वक्तालाई आफुले ठ्याकै के काम गरेवापत तारिफ पाए र सो काम दोरोर्यौउदै जाउ भन्नेबारेमा थाहा हुदैन । उदाहरणको लागि कथामा एकदम महान काम, एकदमै राम्रो काम!’- यो विशिष्टिकृत तारिफ होइन । तर यदि तपाइले एकदम राम्रो कथा. मलाई सानी नानीको चरीत्र, चरित्रको विस्तारमा गरिएको व्याख्या र उनको चरीत्रलाइ तपाइको आवाजमा ढालेको मन पर्यो ‘  भन्नुभयो भने त्यो सकारात्मक प्रतिक्रिया हो । विशेषगरि सामान्य विशेषण जसको कुनै विशेष अर्थ छैन जस्तै राम्रो आवाज’ ‘राम्रो भाषण’ ‘कमालको प्रस्तुतिलाइ प्रयोगमा नल्याउनुहोस जबसम्म तपाइले किन तारिफ गर्नुभयो भनेर त्यसको व्याख्या छैन भन।
  • सानोतिनो विषय: सानोतिनो विषयमा सकारात्मक प्रतिक्रिया अथवा तारिफ नगर्नुहोस विशेषगरि प्रखर वक्ताको लागि । सिकारु वक्ताको लागि कापी प्रयोग नगरेको वा आखाको सम्पर्क राम्रो भएकोजस्ता कुराउ उल्लेख गर्दा प्रोत्साहनमुलक हुन्छ तर प्रखर वक्ताको लागि यी कुराहरु एकदमै महत्वपूर्ण हुन्छन् । तपाइँ आफुलाई त्यो व्यक्तिको ठाउमा राखेर हेर्नुहोस जसले २० भन्दा बढी परियोजना गरिसकेको छ र २१औ पटक सुन्दैछ वाह तिमीले कापी नहेरी बोल्यौ .........." 
  • एकदमै सकारात्मक प्रतिक्रिया : चिनि पनि धेरै खाए तितो हुन सक्छ । सबै सदस्यहरुले केही सिक्न र सुधार गर्न एगोरामा आएका हुन्छन यदि मूल्यांकनमा ८०% (वा अझ कम,१००%) सकारात्मक प्रतिक्रिया छ भने,सदस्यले "ठिक  छ,यदि म यस्तो उत्तम छु भने ,म यहा के गरिरहेको छु ?" भनेर सोच्न सक्नु हुन्छ ।
  • बहानाको रुपमा सकारात्मक प्रतिक्रिया वा मिश्रित संकेत :  धेरै समयमा मानिसहरु सकारात्मक प्रतिक्रयालाई बाहाना वा त्यसपछि आउने टिप्पणीको छोप्ने कुराको रुपमा प्रयोग गर्छन ।तपाई  यि निर्माणहरु देख्न सक्नुहुन्छ ।"मलाई मनपर्यो  ..... तर .... ".यो तर शब्दले उल्लेख गरिएका कुराहरुलाई मेटाइदिन सक्छ र वास्तविक टिप्पणीको अगाडी आउने असान्दर्भिक टिप्पणीको रुपमा देखिन सक्छ । त्यसैले यसलाई बेवास्ता गर्नुहोस ।सकारात्मक प्रतिक्रया एक्लै काफि हुन्छ ।

सुधारको लागी  प्रतिक्रिया प्रस्तुत गर्दै

यो अंश प्रस्तुत गर्न प्राय जसो सबै भन्दा गाह्रो हुन्छ । यो कठिनाई तल दिइएको कारणले गर्दा हुनसक्छ :

  • हामी आलोचनात्मक हुन चाहादैनाै ।
  • हामी आफ्नै अनुभवको बारेमा निश्चित छैनाै ।
  • हामी हाम्रो योग्यता बारे निश्चित छैनाै ।
  • हामी सहि रुपमा सुनेका वा देखेका छाै छैनाै भनेर पनि अनिश्चिचत छाै ।

यसलाई सम्बोधन गर्नको लागी,यो ख्याल राख्नपर्दछ कि तपाई वक्ताको मूल्यांकन नभएर उहालाई सुधारका लागी राय सुझाब दिईरहनु भएको छ ।

उपयोगी हुन सुधारको लागी बुदाँहरु तल लेखिए अनुरुप हुनुपर्दछ:

  • विशिष्ट हुनुहोस । फेरि,यो भनेको प्रतिक्रियाबाट आलोचना छुट्याउने कुरा हो ।आलोचना , प्रंशसा  जस्तै,महत्वहीन छ,र धेरै जसो व्यक्तिगत पनि हुने गर्दछ ।" तपाईको शारीरिक हाउभाउ अलि बढि भएको थियो " यो आलोचनाको एउटा उदाहरण हो । यद्दपि यदि तपाई यसको सट्टा यो भन्न सक्नु हुन्छ " जब तपाई टेबुलमा उफ्रिनुभयो र गुरिल्ला जस्तो अभिनय गर्न थाल्नुभयो र त्यसपछि आफैलाई बत्तिमा झुण्डाउनुभयो,मलाई त्यो  शारीरिक हाउभाउको बढि प्रयोग गरे जस्तो लाग्यो " ।
  • निर्देशन प्रदान गर्नुहोस ।  यसको मतलब प्रस्तुतवकरणमा सुधार गर्नुपर्ने कुराहरु बुदागत गर्नु मात्र नभइकन कसरी त्यसलाई सुधार गर्नुपर्छ भन्ने बारे सल्लाह प्रदान गर्नु पनि हो ।अघिल्लो उदाहरणलाई जारी राख्दै तपाई यो फप्न सक्नुहुन्छ "I मेरो विचारमा  गुरिल्लाहरु जस्तै हात राखेर जिउ खुम्चाउनु र अलिकति हिड्नु पर्यापत्त हुन्छ "।
  • कार्यवाही योग्य । यसको मतलब त्यो व्यक्तिले तपाईलाई मन नपरेको कुरा बारे केही गर्न सक्दछ ।जस्तै उदाहरणका लागी,कुनै व्यक्तिको स्वर धोद्रो अथवा ओझयुक्त छ भने,उसलाई रोमान्टिक कविता गायन गर्दा मधुर स्वर निकाल्नु भन्न उचित सुझाव नहुन सक्छ"।

जब सुधारका लागी बुदाहरु प्रस्तुत गर्नु पर्ने हुन्छ :

  • सुझावहरु नदोहोर्‍याउनुहोस् । एकपटक गर्नु नै पर्याप्त हुन्छ, बारम्बार  दोहोर्‍याउनु पर्दैन ।
  • आज्ञात्मक भाषा प्रयोग नगर्नुहोस् ।तपाईं वक्ताको हाकिम होइन । तपाईंले "गर्नुपर्छ, गर्नैपर्छ" जस्ता औंल्याउने खालको भाषा प्रयोग नगर्ने प्रयास गर्नुहोस् । बरु "म यस्को सट्टामा यस्तो गर्छु", "म तपाईंलाई यसरी गर्न सिफारिस गर्छु" , "म यसरी सुझाव गर्छु", "प्रस्ताव गर्छु" आदि सुझाइएको तरिकाहरु हुन् ।
  • निरपेक्ष कुरा नगर्नुहोस् । तपाईंले केवल आफ्नो राय पेश गर्दै हुनुहुन्छ, कुनै साश्वत सत्य होइन भन्ने कुरा ख्याल गर्नुहोस् । "स्वर विविधतामा कमी थियो " भन्नु सट्टा "मैले स्वरमा त्यति विविधता पाइन - तपाईंले सानी केटी, ब्वाँसो र हजुरआमालाई प्रतिरुपण गर्दा ३ ठाउँमा मात्र याद गरेँ ।
  • अरुको नामबाट नबोल्नुहोस् । यो अघिल्लो कुरासँग सम्बन्धित छ । तपाईंले वक्ता वा दर्शकहरुलाई केही प्रमाणित गर्नुपर्दैन । उदाहरणको लागि, "मलाई लाग्छ हामी सबै यो कुरामा सहमत छौँ कि चालढाल सुधार्न सकिन्छ।"  

  • अन्तमा अन्तर्निहित कारणहरु बारे धारणा बनाउनु सट्टा तपाईंले अवलोकन गरेको कुरा भन्नुहोस् । उदाहरणको लागि जब तपाईंसँग धारण बनाउने कुनै आधार छैन तब "मलाई भासण राम्रो तयारी गरिएको थियो भन्ने लागेन" नभन्नुहोस् । बरु " तपाईं कुनैकुनै क्षणमा अप्ठ्यारो भएको जस्तो, अनिश्चित जस्तो देखिनुहुन्थ्यो" जस्ता तपाईंलाई वास्तवमा लागेको कुरा भन्न सक्नुहुन्छ ।  

मूल्यांकनको निष्कर्ष

संक्षेपमा सकारात्मक पक्ष, सुधार गर्नुपर्ने कुराको साथै प्रेरित र प्रोत्साहन गर्ने गरि मूल्याकंनको निष्कर्ष टुंगिनु पर्छ ।

भनाईहरुको प्रयोगकाट जोगिने प्रयास गर्नुहोस ,विशेष गरि "I म तपाईको अर्को भाषणका लागी उत्सुक छु  " नभन्नुहोसर । रचनात्मक हुन प्रयास गर्नुहोस । भाषण अघि निष्कर्षको लागी योजना बनाउनुहोस् ।

मूल्यांकनकर्ताको रुपमा के गर्ने - बैठक पछि

बैठक पछि आफुले मूल्यांकन गरेको व्यक्तिको कुनै प्रश्न वा शंका छ कि भन्ने कुरा बुझ्न मूल्यांकित व्यक्तिसगँ कुरा गर्नुहोस् । 

उक्त परियोजनाका लागी मूल्यांकित व्यक्तिको मूल्यांकन कार्ड भर्न पनि याद गर्नुहोस ।

एकदमै राम्राे मूल्यांकनकर्ता बन्ने कला

सधैजसाे, कुनै पनि काममा पूर्णता अभ्यासले ल्याउछ । तर तपाँइले आफूलाई अभ्यास गर्नकाे लागी मूल्यांकनकर्ता नै बन्नु पर्छ भन्ने जरूरी छैन । उदाहरणकाे लागी, मान्छेकाे अगाडी प्रस्तुत नभइकन तपाँइले मूल्यांकनका लागि आवश्यक सबै चरणहरू अभ्यास गर्न सक्नुहुन्छ । अनि याे तपाँइले दिनुभएकाे मूल्यांकनकाे बारेमा मूल्यांकन कार्य सम्पन्न भए पश्चात तपाँइलाई मूल्यांकनकर्ता नियुक्त गर्ने व्यक्तिसँग साेध्न सक्नुहुन्छ ।

जब मूल्यांकन भइरहेको व्यक्ति नै तपाई हो

जब तपाई कै मूल्यांकन भइरहेको हुन्छ,मूल्यांकनलाई नम्रता र उपहारको रुपमा स्वीकारनुहोस ।मूल्यांकनकर्ता सधै तपाईको मूल्यांकनको लागी उपस्थित हुन्छन । व्यक्तिगत रुपमा केही नलिनुहोस् ।

मुल्यांकन भइरहेको बेला मूल्यांकनकर्तासगँ बहस नगर्नुहोस  - मूल्यांकनकर्ताले तपाईले गरेको प्रस्तुतिकरणबारे तपाई माझ आफ्नो विचार व्यक्त मात्रै गरेको हो ।

यदि तपाई मूल्यांकनकर्तासगँ केही कुरा भन्न वा छलफल गर्न चाहानुहुन्छ भने,बैठक पछि गर्न सक्नुहसन्छ ।

कस्ताे बेला तपाइ मूल्यांकनकर्ता हुनु हुँदैन 

जब तपाई एक पटक आफ्नो क्लबमा सक्रिय र कदर गरिएकाे मूल्यांकनकर्ता बन्नुहुन्छ तब तपाई आफ्नो सिपलाई अन्यत्र लगेर प्रदर्शन गर्न लालायित  हुनुहुन्छ । यस्ताे कार्य एकदमै होशियारीका साथ गर्नुहोस ।वक्ताहरु क्लबमा मूल्यांकित हुन र प्रतिक्रिया प्रदान गरियोस भन्ने उद्देश्यले आउछन् । उनीहरू तपाँइले दिने सुझावलाई एकदमै गम्भिरताका साथ लिइरहेका हुन्छन् । तर याे अवस्था क्लव बाहिरका अन्य यस्तै भाषण सम्बन्धि कार्यक्रमहरूमा नहुन सक्छ । 

तपाँइ आफै साेच्नुहाेस् तपाँइ एउटा पुरस्कार वितरण समाराेहमा हुनुहुन्छ । उक्त समाराेहमा पुरस्कार पाइसके पश्चात पुरस्कार पाएकाे व्यक्तिले दिएकाे भाषण सुनेर तपाँइले उक्त व्यक्तिसँग गएर "तपाँइकाे भाषण मलाई मन पर्याे । तपाइँकाे आवाज काेठाकाे अन्तिम सम्म पुगाेस् भनेर आफ्नाे आवाजलाई साेहि अनुसार चर्काे बनाउनु भएकाे एकदमै राम्राे थियाे । तर, तपाँइले दर्शकसँग अाखा जुधाएर बाेल्नकाे लागि म सुझाव दिन्छु । अनि तपाँइले काेठाकाे दाँया तिर मात्र धेरै हेर्नुभयाे.... आदि आदि "

जति हस्यास्पद देखिन्छ त्यस्तै नै हुन्छ ।

एक शिक्षक हुनुमा भिन्नता हुन्छ जब तपाईलाइ अगाडि बढेर प्रतिक्रया प्रदान गर्नु पर्ने हुन्छ र विश्वव्यापी रुपमा पढाउनु पर्ने हुन्छ ।

 


Contributors to this page: pawan.mct , puspa.khanal and agora .
Page last modified on Wednesday February 10, 2021 06:07:47 CET by pawan.mct.